साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन



पोखरा । 

साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन भएको छ ।

पंगेनीको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएको हो । निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाइ अस्पताल भर्ना गरिएको थियो ।

प्रकटका कविता, गजलका किताब प्रकाशित छन् भने ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ’ जस्ता गीत चर्चित छन् ।

उनको बुधवार मध्यान्ह दाहसंस्कार गर्ने परिवार निकटले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्