एर्भटनको पोस्टमा चेल्सीको आधा दर्जन गोल



काठमाडौं ।

इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले एभर्टनमाथि फराकिलो जित हासिल गरेको छ। गए राति सम्पन्न खेलमा चेल्सीले एभर्टनलाई ६-० ले पराजित गरेको हो।

चेल्सीको जितमा कोल पाल्मरले चार गोल गरेका थिए भने निकोलस ज्याक्सन र अलिफ गिलक्रिष्टले एक एक गोल गरेका थिए। यो जितपछि चेल्सीको ३१ खेलमा ४७ अङ्क भएको छ र लिगमा नवौँ स्थानमा उक्लिएको छ। त्यसै गरी एभर्टनको भने ३२ खेलमा २७ अङ्क रहेको छ र लिगमा १६औँ स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्