हङकङले नेपाललाई दियो ११५ रनको लक्ष्य



काठमाडौँ ।

 हङकङले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । एसीसी प्रिमियर कप अन्तर्गत टस हारेर पहिला ब्याटिङ गरेको हङकङले निर्धारित १७.५ ओभरमा अल आउट हुँदै ११४ रन बनाएको हो ।

वर्षाले प्रभावित भएपछि यो खेल १८-१८ ओभर खेलाइएको छ ।

हङकङका लागि अन्शुमन राठले सर्वाधिक ३४ रन बनाए भने जीशान अलिले १४, कप्तान निजाकत खानले १२ रन र एहसान खानले ११ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर अविनाश बोहोराले सर्वाधिक ३ विकेट लिए भने ललित राजबंशी र दिपेन्द्र सिंह ऐरीले २-२ तथा करण केसीले एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्