अन्तरप्रदेश खेलमा वागमती प्रथम



हेटौंडा ।

अन्तरप्रदेश खेलकुद प्रतियोगितामा ६१ स्वर्ण, ४२ रजत र ३६ कास्य गरी कुल १ सय ३९ पदकसाथ वागमती प्रदेशले प्रथम स्थान हासिल गरेको छ।वागमतीले ६१ स्वर्णमध्ये पौडीमा सर्वाधिक २७ स्वर्ण जितेको हो। यस्तै बक्सिङ र करातेमा ९/९ स्वर्ण, तेक्वान्दो र एथ्लेटिक्समा ७/७ स्वर्ण, तथा भलिबल र ब्याडमिन्टनमा १/१ स्वर्ण जितेको थियो ।

सुदूरपश्चिम प्रदेशले २१ स्वर्ण, २१ रजत र २९ कांस्य गरी जम्मा ७१ पदकसहित दोस्रो स्थान हासिल गरेको थियो। सुदूरपश्चिमले क्रिकेटमा १ स्वर्ण, बक्सिङमा ३ स्वर्ण, करातेमा ३ स्वर्ण, तेक्वान्दोमा ५ स्वर्ण, एथ्लेटिक्समा ६ स्वर्ण, पौडीमा ३ स्वर्ण जितेको थियो । कोशी प्रदेश तृतीय स्थानमा रह्यो । कोशी १५ स्वर्ण, २३ रजत र ३६ कास्य पदकसाथ तृतीय स्थानमा रहेको हो ।

गण्डकी ११ स्वर्ण, १८ रजत र २० कास्यसहित ४९ पदकसाथ चौथो स्थानमा रहँदा लुम्बिनी ११ स्वर्ण, १६ रजत र २८ कास्य गरी कुल ५५ पदकसाथ पाँचौं स्थानमा रहेको थियो।

कर्णाली ११ स्वर्ण, १० रजत र २४ कास्य पदकसाथ छैटौं स्थानमा रह्यो। मधेश प्रदेशले प्रतियोगिताको पदक तालिकामा अन्तिम रहेर ३ स्वर्ण, ३ रजत र १५ कास्य पदक प्राप्त गरेको थियो।

प्रतिक्रिया दिनुहोस्