रोहितको शतकका बाबजुत चेन्नईसँग हार्‍यो मुम्बई



काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ। गए राति सम्पन्न खेलमा चेन्नईले मुम्बईलाई २० रनले पराजित गरेको हो।

चेन्नईले दिएको २०७ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाउँदै १८६ रन मात्र बनाएको थियो। मुम्बईका लागि रोहित शर्माले १०५ रन बनाए पनि जित भने दिलाउन सकेनन्। ६३ बलको सामना गरेका उनले ५ छक्का र ११ चौका प्रहार गरे।

चेन्नईका लागि मथीसा पाथिरानाले सर्वाधिक ४ विकेट लिएका थिए। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउँदै २०६ रन बनाएको थियो ।

चेन्नईका लागि कप्तान रुतुराज गायकवाडले ६९, शिभम दुवेले ६६, रचिन रविन्द्रले २१ र महेन्द्र सिंह धोनीले ४ बलमा २० रन बनाएका थिए। यो जितपछि चेन्नईको ६ खेलमा ४ जितसहित ८ अङ्क भएको छ र अङ्कतालिकामा तेस्रो स्थानमा उक्लिएको छ। मुम्बईको भने यो चौथो हार हो। ६ खेलमा २ खेल जितेको मुम्बईको ४ अङ्क रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्