एसीसी प्रिमियर कपमा आज हङकङको सामना गर्दै नेपाल

14.29k
Shares

काठमाडौं ।

नेपालले एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो खेलमा आज हङकङको सामना गर्दै छ। ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमी हुने यो खेल बिहान ११: ४५ बजेदेखि सुरु हुने छ।

नेपालले जारी प्रिमियर कपमा यस अघि खेलेका दुवै खेलमा जित हासिल गरेको छ। नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गरेको थियो।

त्यस्तै पहिलो खेलमा कतारलाई ५ विकेटले पराजित गरेको हङकङले दोस्रो खेलमा साउदी अरेबियासँग भने ५५ रनको हार बेहोरेको थियो। यो हारपछि नेपालविरुद्धको आजको खेलमा हङकङ जित्नै पर्ने दबाबमा हुने छ। अर्कोतर्फ नेपाल भने आफ्नो विजयी लयलाई निरन्तरता दिने लक्ष्यका साथ यो खेलमा मैदानमा उत्रिने छ।

Skip This