महाकुम्भ मेलामा बेहोस भई ढलेका ४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार



काठमाडाैं । 
सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका १ स्थित पिण्डेश्वर पूर्ण महाकुम्भ मेला परिसरमा अत्याधिक गर्मीका कारणले वेहोस भएका ४ जनाको सशस्त्र प्रहरीले तत्कालै उद्धार गरी उपचारको लागि अस्पताल पठाएको छ ।
 वेहोस हुनेमा नगरपालिका -१० बस्ने ३० बर्षकी रिना पोख्रेल,  काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने ४५ बर्षिय अच्युत चौलागाई, उदयपुर जिल्लाकी ५६ बर्षीया मन्जु खतिवडा र सर्लाही जिल्लाका ५० बर्षीय सन्तोष त्रिपाठी रहेका छन् ।
  पूर्ण महाकुम्भ मेलामा जाने क्रममा अचानक बेहोस भएपछि सुरक्षा बेश चतराबाट खटिएको ११ जनाको विपद् उद्धार टिमले उद्धार गरी सशस्त्र प्रहरी बलद्वारा संचालित अस्थायी स्वास्थ्य शिबिरमा प्रथमिक उपचार पश्चात् थप उपचरको लागि  चतरा अस्पताल पठाएको हो ।
गत चैत्र २७ बाट यहि बैशाख २८ गते सम्म संचालन हुने महाकुम्भ मेलामा सशस्त्र प्रहरी बलले मेला अबधिभर निशुल्क स्वास्थ्य शिबिरसहित बिपद उद्धार टिम समेत परिचालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्