आईपीएलमा आज दुई खेल हुँदै



काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज दुई खेल हुँदै छन्। आज पहिलो खेल कोलकता नाइट राइडर्स र लखनउ सुपर जाइन्टबीच पहिलो खेल हुँदै छ। कोलकताको घरेलु मैदान इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार दिउँसो ३: ४५ बजेदेखि सुरु हुने छ।

अहिलेसम्म कोलकताले ४ खेलमा जित हासिल गरेको छ भने एक मात्र हार बेहोरेको छ। त्यसै गरी लखनउले भने ५ खेलमा ३ जित हासिल गरेको छ भने २ खेलमा हार बेहोरेको छ। त्यसै गरी आज दोस्रो खेल मुम्बई इन्डियन्स र चेन्नई सुपरकिंग्सबीच हुँदै छ।

मुम्बईको घरेलु मैदान वान्खडे स्टेडियममा हुने यो खेल राति ७: ४५ बजेदेखि सुरु हुने छ। जारी आइपिएलमा मुम्बईले ५ खेलमा २ जित हासिल गरेको छ भने ३ खेलमा हार बेहोरेको छ।

सुरुका तीन खेलमा हार बेहोरेको मुम्बईले पछिल्ला दुई खेल जितेर विजयी लयमा फर्किएको छ। त्यसै गरी चेन्नईले भने अहिलेसम्म ५ खेलमा ३ जित हासिल गरेको छ भने २ खेलमा हार बेहोरेको छ।

प्रतिक्रिया दिनुहोस्