फेलिक्सको गोलमा बार्सिलोना विजयी



काठमाडौं ।

स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले काडिजलाई पराजित गरेको छ। गए राति सम्पन्न खेलमा बार्सिलोनाले काडिजलाई १-० गोल अन्तरले पराजित गरेको हो। बार्सिलोनाको जितमा खेलको ३७औ मिनेटमा जोआओं फेलिक्सले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।

यो जितपछि बार्सिलोनाको ३१ खेलमा ७० अङ्क भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ। लिगमा बार्सिलोना शीर्ष स्थानमा रहेको रियल म्याड्रिडभन्दा स्पष्ट ८ अङ्कले पछाडि रहेको छ। त्यसै गरी काडिजको भने ३१ खेलमा २५ अङ्क रहेको छ र लिगमा १८औँ स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्