आईपीएलमा पञ्जावमाथि राजस्थान ३ विकेटले विजयी



काठमाडौं ।

इन्डियन प्रिमियर लिग अन्तर्गत (आईपीएल) अन्तर्गत राजस्थान रोयल्सले पञ्जाव किंग्सलाई पराजित गरेको छ।

गए राति सम्पन्न खेलमा राजस्थानले पञ्जावलाई ३ विकेटले पराजित गरेको हो। पञ्जावले दिएको १४८ रनको लक्ष्य पछाएको राजस्थानले १९.५ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो।

यसअघि पहिला ब्याटिङ गर्दै पञ्जावले २० ओभरमा ८ विकेट गुमाउँदै १४७ रन बनाएको थियो। यो जितपछि राजस्थानको ६ खेलमा ५ जित र एक हारसहित १० अङ्क भएको छ र अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ। त्यसैगरी पञ्जावको ६ खेलमा २ जित र ४ हारसहित ४ अङ्क रहेको छ।

प्रतिक्रिया दिनुहोस्