काठमाडौँ ।
आसिफ सेखले कतारविरुद्ध अर्धशतक पुरा गरेका छन् ।
जारी एसीसी प्रिमियर कप अन्तर्गत कतारविरुद्धको खेलमा आसिफले अर्धशतक पुरा गरेका हुन् ।
आसिफले ३९ बलमा आफ्नो अर्धशतक पुरा गरेका हुन् । उनको टी-२० अन्तर्राष्ट्रिय खेलमा यो पाँचौं अर्धशतक हो ।
कतारविरुद्ध टस जितेर पहिला ब्याटिंग गरेको नेपालले यो समाचार तयार गरुन्जेल १३.५ ओभरमा ३ विकेट गुमाएर १२० रन बनाएको छ ।
प्रतिक्रिया