नेपालको एसीसी प्रिमियर कपमा जितबाट शुरुवात



काठमाडौँ।

नेपालले एसीसी प्रिमियर कप २०२४ मा जितबाट शुरुवात गरेको छ । अल एमेरात क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित ग¥यो । १ सय ४४ रनको सामान्य लक्ष्य नेपालले अन्तिम ओभरमा प्राप्त गरेको थियो ।

नेपालका लागि कप्तान आशिफ शेखले सर्वाधिक ३२ रन बनाए । यस्तै कप्तान रोहित पौडेलले २८ रन, कुशल भुर्तेलले २४ रन, र दीपेन्द्रसिंह ऐरीले २० रन बनाए । गुलशन झा १९ रन र सन्दीप जोरा १२ रनमा नटआउट रहँदै १९.२ ओभरमा नेपाललाई जित दिलाए ।

यसअघि पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ४३ रन बनायो । मलेसियाका लागि कप्तान विरानदीप सिंहले सर्वाधिक ६८ रनको नटआउट इनिङ खेले । यस्तै शर्भिन मुनियान्डीले ४१ रन जोडे ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४ ओभरमा १४ रन खर्चिदै २ विकेट लिए । यस्तै अविनाश बोहोराले ४ ओभरमा २८ रन खर्चिदै १ विकेट लिए । ललित राजवंशीले ४ ओभरमा २८ रन नै दिए । करण केसी, सोमपाल कामी र कुशल भुर्तेलले समान २ ओभर बलिङ गरे । गुलशन झा र कुशल मल्लले १ ओभर फ्यालेका थिए ।

समूह ए मा नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र हङकङ रहेका छन् । समूह बी मा यूएई, कुवेत, ओमान, बहराइन र कम्बोडिया रहेका छन् । समूह बी का खेलमा यूएईले कुवेतलाई र ओमानले बहराइनलाई हराएर विजयी शुरुवात गरेका छन् । यस प्रतियोगिताको विजेता टोलीले एशिया कपमा खेल्न पाउनेछ।

ओमान र युएईले आज नै भएका खेलमा जित हासिल गर्दै विजयी सुरुवात गरिसकेका छन् । ओमानले बहराइन विरुद्ध ३ रनले र युएईले कुवेत माथि ७ विकेटको जित निकालेको हो ।

दुवै समूहबाट शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेता मात्र एसिया कपका लागि छनोट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्