नाउपा सुदुरपश्चमिम दलका नेता चौधरी निलम्बित



धनगढी ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरी निलम्बनमा परेका छन् । पार्टीले सोधेको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै उनलाई ३ महिनाका लागि निलम्बनमा राखिएको पार्टीले जनाएको छ ।

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले उनलाई स्पष्टीकरण सोधेकी थिइन् । सो स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष श्रेष्ठले उनलाई ३ महिनाका लागि निलम्बन गरेकी हुन् ।

चौधरीलाई निलम्बन गरिएको जानकारी अध्यक्ष श्रेष्ठले सभामुख भीम भण्डारीलाई पत्र पठाइसकिएको छ । अध्यक्ष श्रेष्ठले चौधरीलाई दलको नेताबाट हटाएर कैलाश चौधरीलाई जिम्मेवारी तोकेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्