अज्ञात समूहले काट्यो बुद्धचित्तको बोट, घरमा भेटिए चार वटा सकेट बम



काठमाडौं ।

काभ्रेमा अज्ञात समूहले बुद्धचित्तको बोट काटेर घरमा सकेट बम राखेको फेला परेको छ। गए राति १ बजेतिर काभ्रेको रोशी गाउँपालिका-५ नागबेली स्थित ठाकुरानी तामाङको बारीमा रहेका बुद्धचित्तका बोट अज्ञात समूहले काटेको हो।

करिब १५/२० जनाको अज्ञात समूहले बारीमा आएर बुद्धचित्तको बोट काटेको प्रहरीले जनाएको छ। बुद्धचित्तको बोट काटेर अज्ञात समूहले एक घरमा चार वटा सकेट बम पनि राखेको फेला परेको छ।

साथै घर नजिकै जनमुक्ति सेना नेपाल लेखेको ज्याकेट पनि फेला परेको छ। यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्