अल हिलालले जित्यो साउदी सुपर कपको उपाधि

25.76k
Shares

काठमाडौं ।

अल हिलालले साउदी सुपर कपको उपाधि जितेको छ। गए राति सम्पन्न फाइनल खेलमा अल हिलालले अल इत्तिहादलाई ४-१ गोल अन्तरले पराजित गर्दै सुपर कपको उपाधि जितेको हो।

अल हिलालको जितमा माल्कमले २ गोल गरेका थिए भने सलेम अल्दावसारी र नासेर अल्दावसारीले एक एक गोल गरेका थिए। त्यसै गरी अल इत्तिहादका लागि एक गोल अब्देराजक हाम्दल्लाहले गरेका थिए।

योसँगै अल हिलालले चौथो पटक सुपर कपको उपाधि जितेको छ। २०१३ देखि शुरु गरिएको साउदी सुपर कप अहिलेसम्म धेरै जित्ने पनि अल हिलाल नै हो। त्यसपछि अल नासरले २ पटक र अल इत्तिहाद, अल फातेह, अल शबाब र अल अहिलले एक एक पटक साउदी सुपर कपको उपाधि जितेका छन्।