कतार एयरवेजको जहाज ओभरसुट



काठमाडौं ।

कतार एवरवेजको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेर ओभरसुट  गरेका छ ।

विमानस्थल प्रवक्ता सुवास झाका अनुसार कतारबाट आएको कतार एयरवेजले ‘ओभरसुट’ गर्नुपरेको हाे  । यो जहाज पुनः काठमाडौं अवतरण गर्ने प्रयासमा छ ।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बुद्ध एयरको जहाज भैरहवा फर्किएको थियो भने सिमराबाट काठमाडौं आइरहेको सोही कम्पनीको जहाज सिमरा नै डाइभर्ट भएको छ । काठमाडौंबाट पोखरा जान लागेको यती एयरलाइन्सको जहाज काठमाडौं नै फर्किएको छ । अन्य आन्तरिक उडानका जहाज समेत होल्डमा छन् ।

प्रतिक्रिया दिनुहोस्