उदयपुरका यातायातमा सिसिटिभि र जिपिएस जडान



उदयपुर  ।

उदयपुर प्रहरीले उदयपुरबाट संचालन हुने लामो दुरीका सवारी साधनमा सिसिटिभी र जिपिएस जडान अनिवार्य गरेको छ । सवारी दूर्घटना हुन् नदिन तथा यात्रुको सवारी चालक तथा सार्वजनिक यातायात सेवाका कर्मचारीको सुरक्षाका लागि लामो दुरीका सवारी साधनमा प्रविधि जडान गरिएको हो ।

आज एक समारोह बिच कोशि प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङ र त्रियुगा नगरपालिकाका नगरप्रमुख वसन्त कुमार बस्नेतले शुभारम्भ गर्नु भयो ।

सवारी साधनमा सिसिटिभी र जिपिएस प्रणलीका जडान बारेमा बोल्दै कार्यक्रमका प्मुख अतिथि कोशी प्रदेश प्रहरी प्रमुख डिआयजी चन्द्र कुवेर खापुङले नेपालका राजनीतिक दलह?ले गर्ने काम यतिबेला प्रहरीले गरिरहेको जनाउँदै सामाजिक चेतना सम्बन्धी तथा अपराध नियन्त्रण सम्मबन्धी काममा नेपालका राजनीतिक दलहरले ध्यान दिएर काम गर्नु पर्नेमा प्रहरीले नै गरिरहेको छ । आम मानिसको धारणा समाजका सबै काम प्रहरीले नै गरिदेओस भन्ने रहेकोले अब देखि सोच परिवर्तन गरेर काम गर्नु पर्ने धारणा व्यक्त गर्नु भयो ।

सो कार्यक्रममा त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राईले विज्ञान र प्रविधिको यसगमा बसमा यात्रा गर्ने आमा दिदी बहिनी दाजुभाइले सुरक्षित रपमा यात्रा गर्न पाउनु उनीह?को अधिकार भएकोले सवारी साधनमा सिसिटिभी र जिपिएस जडान गरेपछि सुरक्षाको प्रत्याभूति भएको बताइन् । सो कार्यक्रममा स्वागत मन्तव्य दिंदै जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक रमेश थापाले सवारी साधनमा सिसिटिभी र जिपिएस जडानले सुरक्षित यात्रा हुने, दूर्घटना न्युनिकरण हुने,जनधनको क्षतिबाट बच्ने, हिंसा, दूव्यवहारबाट जोगाउने, तिव्र गतिमा सवारी चलाउने नियन्त्रण गर्न र सवारी साधनमा यात्रा गर्दा सामान हराउने अवस्थाबाट मुक्त हुने भएकोले यो अत्यन्त राम्रो र सह्रानिय काम भएको बताए ।

सवारी साधनमा जिविएस जडान गरेपछि स्थानका बारेमा जानकारी पाइने, सवारी साधनको अवस्थाका बारेमा जानकारी पाइने, सवारी साधन कुन दिशा तर्फ गैरहेको छ वा कुन ठाउँमा छ आदि बारे जानकारी उपलब्ध हुने सो कार्यक्रममा जानकारी दिइएको थियो । सवारी दूद्र्दटनाबाट दैनिक ७ जनाको ज्यान जाने गरेको र ४० जनाको हाराहारीमा घाइतेहुने गरेको अवस्था रहेकोले प्रविधिको प्रयोगले दूर्घटना न्युनिकरण हुने र सुरक्षित यात्रा हुने विश्वास लिइएको प्रहरी उपरिक्षक थापाले बताए ।

गाईघाटका यातायात व्यवसायी र ट्राफिक प्रहरीको सहकार्यमा दुर्घटना न्युनिकरणका लागि उदयपुरको सदरमुकाम गाईघाटबाट चल्ने लामो दुरीका सार्वजनिक यातायातमा क्यामेरा र जिपिएस जडान गरिएको हो । हाललाई साना ठुला गरी ११ वटा सवारी साधनमा प्रबिधि जडान गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । सिसिटिभी सन १९२७ मा रुसका वैज्ञानिकले आविष्कार गरेको र यसले मानवीय गतिविधि र क्रियाकलाप नियन्त्रण गर्न मद्दत गर्छ भने जिपिएस अन्तरिक्षको गतिविधि वा कुनै पनि बस्तुको अवस्था, स्थान लगायतका बारेमा जानकारी दिने प्रविधिका रुपमा विकसित गरिएको हो ।

सार्वजनिक यातायातमा प्रविधिको प्रयोग, जनधनको क्षति र दुर्घटना न्युनिकरणमा सहयोग भन्ने नाराका साथ सुरू भएको प्रविधि जडान गर्ने अभियान अन्तरगत जिल्लाका सबै प्रकारका यातायातका साधनमा जडान गरिने जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले जनाएका छन् ।

सिसिटिभि जडान कार्यविधि २०७२ अनुसार व्यक्तिकोे स्वतन्त्रता र गोपनियतालाई मध्यनजर गर्दै यातायात व्यवसायीले अपनाउनु पर्ने विशेष सतर्कता र सुरक्षा सम्बन्धी नियम प्रहरी र यातायात व्यवसायी बिच समझदारी पत्रमा हस्ताक्षर समेत भएको छ । जिपिएस र सिसिटिभि जडानले दुर्घटना नियन्त्रण गर्न र चालक र सहचालको आचरण सुधार गर्न सहज हुने बिश्वास लिईएको छ ।

प्रतिक्रिया दिनुहोस्