एनसेल टावरमा बम बिष्फोट



काठमाडौं  ।

सिन्धुलीको कमलामाई नगरपालिकामा-४ रहेको एनसेल टावरमा बम बिष्फोट गराइएको छ ।  जिल्ला प्रहरी कार्यालय सिन्धुलीका  अनुसार गए राति १ बजे कमलामाई नगरपालिका-४ रहेको एनसेलको टावरमा कुकर बम विस्फोट गराइएको हो ।

‘बम विस्फोटबाट टावरका विद्युतीय तारलगायतमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका  डिएसपी चिरन्जीवी दाहालले जानकारी दिए । उक्त बिष्फोटपछि  ‘वैकल्पिक उपायबाट मोबाइल सेवा सञ्चालनमा ल्याइएको छ ।

डिएसपी दाहालका अनुसार घटनास्थलमा जनमुक्ति सेनाको पर्चा भेटिएको छ । ‘पर्चामा सुप्रिम कमान्डर परिवर्तन भन्नेले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्