बार्सिलोनाले पिएसजीलाई हरायो



काठमाडौं । 

बार्सिलोनाले पिएसजीलाई पराजित गरेको छ। युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोनाले पिएसजीलाई ३-२ गोल अन्तरले पराजित गरेको हो।

बार्सिलोनाको जितमा राफिन्हाले २ गोल गरेका थिए भने आन्द्रेज क्रिस्टियनसेनले एक गोल गरेका थिए। त्यसै गरी पिएसजीका लागि ओसुमान डेम्बेले र भिटिन्हाले एक एक गोल गरेका थिए।

यो जितपछि बार्सिलोनाले पहिलो लेगमा ३-२ को अग्रता लिएको छ। अब क्वाटरफाइनलको दोस्रो लेग अप्रिल १७ मा बार्सिलोनाको घरेलु मैदानमा हुने छ।

प्रतिक्रिया दिनुहोस्