डर्टमन्डमाथि एटलेटिको २-१ ले विजयी



काठमाडौं ।

एटलेटिको म्याड्रिडले जर्मन क्लब बोरुसिया डर्टमन्डलाई पराजित गरेको छ। युइएफए च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा एटलेटिको म्याड्रिडले डर्टमन्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

एटलेटिकोको जितमा रोड्रीगो पाउल र सामुएल लिनोले एक एक गोल गरेका थिए भने डर्टमन्डका लागि सेबास्टिएन हल्लेरले एक गोल गरेका थिए।

यो जितपछि एटलेटिकोले पहिलो लेगमा २-१ को अग्रता हासिल गरेको छ। अब क्वाटरफाइनलको दोस्रो लिग अप्रिल १७ मा डर्टमन्डको घरेलु मैदानमा हुने छ।

प्रतिक्रिया दिनुहोस्