वागमती नगरपालिकाका मेयरको धन्दा, ५ वर्षमा ५ करोड अवैध कमाइ

4.51k
Shares

काठमाडौं ।

वागमती नगरपालिका सर्लाहीका नगर प्रमुख (मेयर) भरतकुमार थापाले पाँच वर्षमा ५ करोड रुपियाँ अतिरिक्त कमाइ गरेको पाइएको छ।

मेयर थापाले पाँच करोड अकुत सम्पति आर्जन गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापाविरुद्ध बिहीबार गैरकानुनी कमाइ गरेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार मेयर थापाले सार्वजनिक सेवा प्रवेश गरेको साल २०७४ असोज ७ गतेदेखि २०७९ माघ २९ सम्मको पाँच वर्षको अवधिमा १३ करोड २० लाख रुपियाँ आर्जन गरेकोमा सोमध्ये अतिरिक्त कमाई ५ करोड ३३ लाख ५३ हजार रुपियाँ पदीय दुरुपयोग गरी गैरकानुनी रूपले आर्जन गरी कमाएको अख्तियारको अनुसन्धानले देखाएको छ।

अख्तियारका अनुसार मेयर थापाले विभिन्न घर जग्गा, सेयर, बिमा लगायतमा गरी १३ करोड २० लाख लगानी गरेकोमा त्यस अवधिमा उनको वैध आय ७ करोड ८६ लाख ५० हजारमात्रै देखिएको थियो । बाँकी ५ करोडभन्दा बढी रकम उनले भ्रष्टाचार गरी अवैध रूपमा आर्जन गरेको पाइएको अख्तियारको अनुसन्धानले देखाएको छ।

अख्तियारका अनुसार मेयर थापाले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिबाट श्रीमती रेश्मीकुमारी घिमिरे, भाई रामकुमार थापा, भाइबुहारी द्वारिका राउतको नाममा घरजग्गा किनेका थिए।

अख्तियारले मेयर थापाको र उनका श्रीमती तथा भाइको नाममा रहेको गैरकानुनी सम्पति जफत गर्नसमेत माग दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

Skip This