आज मुस्लिम समुदायले ‘इद उल फित्र’ मनाउँदै


काठमाडौं ।

इस्लाम धर्मावलम्बीहरूले आज आफ्नो महान् पर्व ‘इद उल फित्र’ मनाउँदै छन्। इद पर्वको अवसरमा सरकारले आज देशैभर सार्वजनिक बिदा दिएको छ।

इदको दिनमा नमाज पूरा गरेपछि एक अर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन् भने घरमा विभिन्न परिकार पकाएर खाने गर्दछन्। यो पर्वसँगै इस्लाम धर्मावलम्बीहरूको एक महिना लामो रोजा पनि सकिन्छ।

रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो। यो पर्वको ७० औँ दिनमा बकरिद अर्थात ‘इद उल अजहा’ पर्व मनाउने गरिन्छ। यस अवसरमा मुस्लिमहरू  ‘हज’ का लागि साउदी अरबको मक्का मदिना प्रस्थान गर्ने चलन छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।