शहिदहरु कुनै पार्टीको नभई देश र जनताको हुनु पर्नेमा सभापति देउवाको जोड



बुटवल ।

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा बुधवार रुपन्देहीमा विभिन्न कार्यक्रममा सहभागी हुनु भएको छ । सभापति देउवाले रुपन्देहीको तिलोत्तमा १३ टिकुलीगढमा निमार्ण गरिएको शहिद यादवनाथ आलोकको पूर्णकदको शालिक अनावरण गर्नु भयो ।

त्यस्तै नेपाली कांग्रेस ३ नम्बर क्षेत्रिय कार्यसमिति, रुपन्देहीले आयोजना गरेको नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रममा समेत सहभागिता जनाउनु भयो । बुधवार नै नेपाल शिक्षक संघको प्रदेश अधिवेशनको लुम्बिनीमा भएको कार्यक्रममा पनि सहभागिता जनाउनु भएको हो ।

सभापति देउवाले शहिदहरु कुनै पार्टीको नभई देश र जनताको हुनु पर्नेमा जोड दिनु भयो । तिलोत्तमा १३ टिकुलीगढमा निमार्ण गरिएको शहिद यादवनाथ आलोकको पूर्णकदको शालिक अनावरण गदै देश र जनताका लागि काम गर्ने क्रममा अपराधीवाट मारिएका शहिदहरुको सम्मान हुन नसकेको धारणा राख्नु भयो ।

उहाँले अपराधीको जती नै निन्दा गरेपनि नपुग्ने समेत बताउनु भयो ।शहिदको सपना पुरा गर्नु दलहरुको कर्तव्य भएको भन्दै सभापति देउवाले यादवनाथ आलोकको सपना पुरा गरेरै छाडने प्रतिवद्धता व्यक्त गर्नु भयो ।कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूर्रो सदस्य तथा पूर्व लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले यादवनाथ आलोकले पुराएको योगदानको संम्झना गदै उहाँलाई जती सम्मान गरे पनि कमी हुने धारणा राख्नु भयो ।

शहिद यादव नाथ आलोक स्मृति केन्द्रका अध्यक्ष हेमराज अर्यालको सभापतित्वमा भएको कार्यक्रममा शहिद पत्नी सीतालक्ष्मी न्यौपानेले श्रीमानले अगाडी सार्नु भएका चाहना र आंकाक्षा पुरा गर्न नेपाली कांग्रेसलाई आग्रह गर्नु भयो । त्यसैगरी कांग्रेसका सभापति देउवाले अहिले पार्टी एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस ३ नम्बर क्षेत्रिय कार्यसमिति, रुपन्देहीले भैरहवामा आयोजना गरेको नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रममा सभापति देउवाले संक्षिप्त रुपमा बोल्नु भएको थियो । उहाले पार्टीका कार्यकर्ताहरुलाई पार्टीको हितको लागि एकजुट भई लाग्न आग्रह गर्नुभयो । उहाले आफैले उद्घाटन गरेको बिमानस्थल सञ्चालनको लागि पनि आवश्यक पहल गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्