काठमाडौं महानगरपालिकाले राप्रपालाई कारवाही गर्ने चेतावनी



काठमाडौं ।

काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आन्दोलनको क्रममा जथाभावी फोहोर गरेको भन्दै कारवाही गर्ने चेतावनी दिएको छ ।

राजा फर्काउने आन्दोलनमा उत्रिएको राप्रपाले हिजो मंगलबार पुताली सडक भद्रकाली क्षेत्रमा आन्दोलन गर्ने क्रममा सौन्दर्यका लागि बनाइएका बाटीका भत्काउने र सडकभरी फोहोर गरेकाले उक्त फोहोर संकलन गरी एक ठाउँमा फ्याक्न आग्रह सहितको पत्र महानगरपालिकाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई सम्वोधन गरेर पत्र पठाइएको छ ।

तीनदिन भित्र महानगरपालिकाले दिएको निर्देशन पालना नगरे स्थानीय शासन ऐन अनुसार कारवाही गर्ने पत्रमा उल्लेख गरिएको छ ।

आन्दोलनमा सहभागी भएका राप्रपाका कार्यकर्ताले जथाभावी फोहोर गरेर सडकलाई कुरुप बनाउने काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्