नेपालले वेस्ट इन्डिजसँग खेल्ने



काठमाडौंं ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी २० विश्वकप खेल्न अघि वेस्ट इन्डिज ‘ए’ सँग टी–२० शृंखला खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

नेपालले यसै अप्रिल १२ देखि २१ सम्म ओमानमा एसीसी प्रिमियर कप खेल्ने तालिका रहेको छ। प्रिमियर कपपछि नेपालले त्रिवि क्रिकेट मैदानमा अप्रिल २५ देखि मे ५ सम्म पाँच खेलको शृंखला खेल्नेछ।

शृंखलाको पहिलो खेल अप्रिल २७ मा हुनेछ भने दोस्रो खेल २८ अप्रिलमा हुनेछ । मे १, २ र ४ मा क्रमशः तेस्रो, चौथो र पाँचौं खेल हुनेछ। वेस्ट इन्डिजको सिनियर टोली पहिलो पटक नेपाल आउन लागेको हो। विश्वकप आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुँदैछ।

प्रतिक्रिया दिनुहोस्