आयुष र स्वर्लिनलाई उपाधि



काठमाडौं ।

सूर्यविनायक नगरपालिकाका आयुष प्रजापती र मध्यपुर नगरपालिकाकी स्वर्लिन श्रेष्ठ भक्तपुर जिल्ला अन्तरवडा ब्याडमिन्टन प्रतियोगितामा उपाधि जित्न सफल भए।

दोस्रो संस्करणको उक्त प्रतियोगिताको फाइनलमा आयुषले संयोग बस्नेतलाई २१–८, २५–२३ ले र स्वर्लिनले कृषा श्रेष्ठलाई २१–९, २१–११ ले पराजित गरेका थिए । पराजित दुबै जना मध्यपुरका हुन् ।

ब्वाईज यू १५ तर्फ मध्यपुरका सक्षम कार्कीले सूर्यविनायकका अक्षत ढुङ्गेललाई २१–१५, २१–१२ ले पराजित गर्दै उपाधि उचाले। पुरुष युगल तर्फ सूर्यविनायकका रमेश बस्नेत र दीपक खत्रीले बाजी मारे।

मास्टर्स ४५ बर्ष माथिको जोडीमा मध्यपुरका हरि धेके र पुर्णहरि होनाको जोडीले उपाधि जित्यो । शीर्ष तीन हुनेले क्रमशः नगद २० हजार, १० हजार र ५्\५ हजार प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस्