गृहमन्त्रीले आफूलाई चोखो ठान्छन् भने पछि हट्नुपर्छ : राजेन्द्र पाण्डे


काठमाडौँ ।

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारले प्रतिपक्षको आवाज सुन्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिँदै पाण्डेले आरोप लागेको मन्त्रीले आफू बाहिर हटेर आरोपबाट चोखिनु पर्नेमा जबरजस्ती गर्नुमा केही बदमासी छ भनेर शंका गर्ने ठाउँ रहेको बताए । उनले गृहमन्त्रीले आफूलाई चोखो ठान्छन् भने पछि हट्नुपर्ने टिप्पणी गरेका छन् ।

मंगलबारको बैठकमा कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता बारे संसदीय समितिको माग पुरा नभएसम्म संसद चलन नदिने अडान राखेपछि बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।