प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा १४ जना घाइते



काठमाडौँ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनमा प्रहरीसँगको झडपमा परी राप्रपाका १४ जना घाइते भएका छन् । ४० बुँदे माग राखेर प्रदर्शन गर्ने क्रममा प्रहरीसँग झडप हुँदा राप्रपाका १४ जना घाइते भएका छन् भने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भृकुटीमण्डपबाट शुरु भएको राप्रपाको जुलुस भद्रकाली हुँदै सिंहदबारतर्फ आउन लागेपछि प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको थियो ।

निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो। यस्तै प्रहरीले प प्रदर्शनकारीमाथि लाठीचार्ज समेत गरेको थियो ।

सोही क्रममा उनीहरु घाइते भएको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्