ज्ञानेन्द्र शाही प्रहरी नियन्त्रणमा



काठमाडौँ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने क्रममा भद्रकालीबाट शाही लगायत केही कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेपछि जुलुस तितरबितर भएको छ।

राप्रपाको जनप्रदर्शन अवरोध छिचोल्दै जुलुस भद्रकालीबाट सिंहदरबार पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्