राष्ट्रिय सभा उपाध्यक्षमा घिमिरे र पुडासैनीको उम्मेदवारी दर्ता



काठमाडौं ।

राष्ट्रिय सभा उपाध्यक्षमा नेपाली काँग्रेसकी विष्णुदेवी पुडासैनीले मनोनयन दर्ता गरेकी छन्। आजै बसेको काँग्रेस संसदीय दल कार्यसमितिले राष्ट्रिय सभा उपाध्यक्षमा पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।

सत्ता गठबन्धनबाट एमालेकी विमला घिमिरेले उम्मेदवारी दर्ता गरेकी छन्। संसद् भवन नयाँ बानेश्वर पुगेर उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन्। उम्मेदवारी दर्तापछि दुवै उम्मेदवारले आफूले जित्ने दाबी गरेका छन्।

५९ सदस्यीय राष्ट्रिय सभामा माओवादी केन्द्रका १७, नेपाली कांग्रेसका १६, नेकपा एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३, मनोनीत २, लोसपा र जनमोर्चाका एक एक सांसद छन्। राष्ट्रिय सभामा रिक्त रहेको उपाध्यक्ष पदको निर्वाचन यही चैत २८ गते हुँदै छ।

प्रतिक्रिया दिनुहोस्