टुँडिखेलमा यसरी  मनाइयो घोडेजात्रा ( तस्बिरसहित )

1.22k
Shares

काठमाडौँ।

काठमाडौँको टुँडिखेलमा घोडे जात्रा मनाइएको छ।

प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन पर्ने घोडे जात्रा सोमबार दिउँसो टुँडिखेलमा मनाइएको हो।

जात्राको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको थियो।

समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति थियो।  सो अवसरमा सेनाले अश्वकलासम्बन्धी प्रतिस्पर्धा तथा प्रदर्शनी गरेको थियो ।  घोडादौड, म्युजिकल रेस, सोजम्मलगायत विधामा प्रतिस्पर्धा गराइएको थियो । त्यस्तै, सैनिक कुकुरको कौशल पनि प्रस्तुत गरिएको थियो ।