सशस्त्र प्रहरी बलको स्टोरमा आगलागी



काठमाडौँ ।

काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा भीषण आगलागी भएको छ ।

सोमबार अपराह्न बलम्बुमा रहेको सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी भएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

स्टोरमा आगलागी हुँदा करोडौंको क्षति भएको अनुमान गरिएको छ । आगो नियन्त्रण गर्न काठमाडौँ, ललितपुर र सशस्त्र प्रहरी बलको दमकल प्रयोग गरिएको भएपनि आगो अझै नियन्त्रणमा आइसकेको छैन ।

आगो कसरी लाग्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्