आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

31.96k
Shares

काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्यमा सोमबार पनि वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा छ सय रुपैयाँले वृद्धि भएको छ।

आइतबार प्रतितोला एक लाख ३५ हजार छ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबारका लागि भने एक लाख ३६ हजार दुई सय रुपैयाँ कायम भएको छ।

तेजाबी सुन तोलामा एक लाख ३५ हजार पाँच सय ५० रुपैयाँ तय भएको छ। आइतबार तेजाबी सुन तोलामा एक लाख ३४ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। आइतबार तोलामा एक हजार छ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी सोमबारका लागि भने एक हजार छ सय ८५ रुपैयाँ निर्धारण भएको छ।

Skip This