अत्यन्तै दुर्लभ अंगदान



अंगदाता ८१ बर्षीया हजुरबुबा प्यारीनातिनीको साथमा

काठमाडौँ।

भक्तपुर स्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा संसारमै दुर्लभ मृर्गौला दान भएको छ । पारिवारिक माया र निस्वार्थताको हृदयस्पर्शी भावना देखाउँदै ८१ वर्षीय हजुरबुवाले आफ्नी २१ वर्षिया नातिनीलाई मृगौला दान गरेका छन् । यस कार्यले उनीहरूबीचको अथाहा प्रेमलाई उजागर गर्दै देशलाई मात्र नभई सारा विश्वलाई राम्रो सन्देश दिएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक एवं मृर्गौला तथा कलेजो प्रत्यारोपणविद् डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा यही १९ गते सोमबार उक्त मृर्गौला प्रत्यारोपण भएकोहो ।

यस प्रकारका प्रत्यारोपण विश्वमै विरलै पाईन्छ । यो प्रत्यारोपणबाट दाता जुनसुकै उमेरका हुनसक्नेर प्रत्यारोपणमा दाता र ग्रहणकर्ता बीचको लैङ्गिक असमानतामा पनि सुधार गर्न सक्ने कुरा केन्द्र कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताए । साथै प्रत्यारोपण पश्चात्अंगदाता ८१ बर्षीय हजुरबुबा चौथो दिनमा र ग्रहणकर्ता नातीनि छैठौं दिनमा सकुशल डिस्चार्ज भएका छन्।

१२ वर्षको अवधिमा केन्द्रले १२२७ जनाको सफल मृगौला प्रत्यारोपण गरेको छ भने २३ जनाको कलेजो प्रत्यारोपण गरेको छ ।

८१ वर्षीया दाता भएको प्रत्यारपणमा संलग्न चिकित्सकको टोली

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेख्य संख्यामा मृगौला तथा कलेजो प्रत्यारोपण मात्र नभई अंगदान सम्बन्धी व्यापक प्रचार प्रसार तथा देश भरी डायलाइसिस विस्तार गर्न नेपाल सरकारलाई सहयोग पु-याएको छ ।

प्रतिक्रिया दिनुहोस्