बसको ठक्करबाट ड्युटीमा खटिएका ट्राफिक प्रहरी जवानको मृत्यु



काठमाडौं ।

डियुटीमा खटिएका ट्राफिक प्रहरी जवान मुनटुन यादवको मृत्यु भएको छ। बाराको जितपुर सिमरा उपमहानगरपालिस्थित अमलेखगञ्ज चोकमा बसले ठक्कर दिँदा प्रहरी जवान यादव मृत्यु भएको हो।

शुक्रबार राति काठमाडौंबाट काँकरभिट्टा जाँदै गरेको बागमती प्रदेश ०१-००ख ६१२३ नम्बरको बसले ठक्कर दिएको थियो।

अमलेखगन्जमा कार्यरत २९ वर्षीय यादवको उपचारका क्रममा वीरगञ्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। ठक्कर दिने बसका चालकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया दिनुहोस्