बञ्चरेडाँडामा हट्यो फोहोर विसर्जनको अवरोध



काठमाडौं ।

स्यानिटरी ल्याण्डफिल्ड साइट बञ्चरेडाँडामा फोहोर विसर्जनको अवरोध हटेको छ।

काठमाडौं महानगरपालिका र ल्याण्डफिल्ड साइटका प्रभावित स्थानीयबीच शनिबार भएको छलफलपछि फोहोर विसर्जनको अवरोध हटाउने सहमति भएको महानगरका वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए।

विगतमा भएका सहमति कार्यान्वयन तथा ‘मानवबस्तीरहित ल्याण्डफिलसाइट विकास क्षेत्र’ घोषणाको माग गर्दै बन्चरेडाँडा ल्याण्डफिल क्षेत्रका बासिन्दाले काठमाडौंबाट जाने फोहोर व्यवस्थापनमा आज बिहान केहीबेर अवरोध गरेका थिए।

सो क्रममा नुवाकोट प्रहरीले एक दर्जनभन्दा बढी स्थानीयलाई नियन्त्रणमा लिएको थियो। फोहोर विसर्जनको अवरोध हटेसँगै उनीहरुलाई छोडिएको श्रेष्ठले बताए।

स्थानीयले शनिबारदेखि फोहर फाल्न नदिने भनेपछि शुक्रबार रातभर फोहर विसर्जन गरिएको थियो।

बञ्चरेडाँडा ल्यान्डफिलसाइटमा काठमाडौं र ललितपुरका साथै अन्य नगरपालिकाबाट दैनिक एक हजार पाँच सय टन फोहर विर्सजन हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्