एपेक्स टकः नगर उपप्रमुखसँग विद्यार्थीको अपेक्षा



दोलखा ।

सदरमुकाम चरिकोटमा रहेको एपेक्स स्कूलले भीमेश्वर नगरपालिकाको उपप्रमुख कमला वस्नेतसंग एपेक्स टक कार्यक्रम सञ्चालन गरेको छ।यो कार्यक्रममा एपेक्स स्कूलमा कक्षा ४ देखी ७ सम्म अध्यनरत विद्यार्थीहरुले उपप्रमुख वस्नेतलाई बिभिन्न प्रश्नहरु सोधेका थिए ।

अतिरिक्त कृयाकला अन्र्तगत स्कूलले एपेक्स टक कार्यक्रम सञ्चालन गरेको र यो कार्यक्रम प्रत्येक महिना सञ्चालन गरिने प्रिन्सिपल नसिव कायष्थले बताए । एपेक्स टक कार्यक्रममा बिभिन्न क्षेत्रमा अनुभव हासिल गरेका व्यक्तिलाई आमन्त्रण गरेर विद्यार्थीहरुलाई विषयगत प्रश्न गर्न लगाईने प्रिन्सिपल काष्यस्थले बताए ।

नगर उपप्रमुख वस्नेतसंगको टकमा एपेक्स स्कूलका विद्यार्थीहरुले नगरपालिकाले सञ्चालन गरेका विकासे योजनाहरु, पर्यटन क्षेत्रसंग सम्बन्धित कामहरु, नगरको शैक्षिक उनन्नयकालागि नगरपालिकाले गरेको काम, स्वास्थ्य क्षेत्रमा भएका काम लगायतको विषयमा जिज्ञासा राखेका थिए ।
उनीहरुले नगरपालिकाको शैक्षिक गुणस्तर विकास र प्राकृतिक रुपमा सुन्दर रहेको नगरमा पर्यटन विकासको लागि उपप्रमुख तथा सिंगो नगरपालिकाको भूमिका महत्वपूर्ण रहने अपेक्षा समेत गरेका थिए ।

नगर उपप्रमुख कमला वस्नेतले भीमेश्वर नगरपालिकाले नगरभित्रका सबै विद्यालयमा एकै प्रकारको पोशाकको लागि सहयोग गरेको, गरिव तथा विपन्न विद्यार्थीलाई छात्रवृत्ति सहयोग गरेको, स्थानीय पाठ्यक्रम तयार गरी लागू गरेको, पर्यटन प्रवद्धन, स्वास्थ्य सेवा जस्ता कुरामा समेत उल्लेख्य काम गरेको बताएकी थिईन ।

२०६७ सालमा स्थापना भै कक्षा प्रि स्कूल देखी ८ सम्म सञ्चालनमा रहेको एपेक्स स्कूलले मन्टेश्वरी विधिबाट अध्यापन गराई रहेको र मनी बैङ्क, लिडरसिप कार्यक्रम जस्ता अतिरिक्त कृयाकलाप समेत सञ्चालन गरिरहेको प्रिन्सिपल काष्यस्थले बताए । तीन सय २५ विद्यार्थीको क्षमता रहेको स्कूलमा हाल दुई सय ५५ जना विद्यार्थीले अध्यापन गरिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्