नवौँ जिल्ला सम्मेलनको तयारी पूरा



नवलपरासी। 

नेपाल कम्युनिस्ट पार्टी (एमाले) नवलपुरले आफ्नो नवौँ जिल्ला सम्मेलनको  तयारी पूरा भएको जनाएको छ ।
नवौँ जिल्ला सम्मेलन मूल आयोजक समिति संयोजक एवं पार्टी जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेले शुक्रवार कावासोतीमा संचारकर्मी माझ तयारी पूरा भएको जानकारी दिएका हुन्।

यही चैत २६ र २७ गते हुने जिल्ला सम्मेलनको उद्घाटन नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने जानकारी दिइएको छ ।

सम्मेलनमा स्थानीय ८ पालिका स्तरीय जातीय मुक्ति समाज, ९२ वडा, १ मजदुर विभाग, २१ जनवर्गीय संगठन,संल्लाहकार,लेखा तथा जेष्ठ नागरिक मञ्च समेतका ६ सय ११ प्रतिनिधि सहभागी हुने भएका छन् । अधिवेशनले ३३ प्रतिशत महिला,१५ प्रतिशत युवाको सुनिश्चितता गर्दै बढीमा १ सय ५ सदस्यीय जिल्ला कमिटीको निर्माण गर्ने बताइएको छ ।

सम्मेलनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पूर्व सांसद, पार्टीका केन्द्र, क्षेत्र तथा जिल्लातहका नेता एवं पदाधिकारीहरूकाे उपस्थिति रहेको थियो ।

नेकपा एमाले पोलिटब्युरो सदस्य एवं नवलपुर जिल्ला इन्चार्ज मना केसीको प्रमुख आतिथ्यतामा भएको  कार्यक्रममा सचिवालय सदस्य तथा नवौँ अधिवेशन प्रचारप्रसार संयोजक हाेमनाथ जैसीको अध्यक्षता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्