सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान



धनगढी ।

सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ ।

प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनको दाबी पेस गर्न आह्वान गरेका हुन् । उनले दलहरूलाई वैशाख २ गतेसम्मको समय दिएका छन् ।

केन्द्रको सत्ता समीकरण फेरिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री कमलबहादुर शाहीले विश्वासको मत नपाउने भएपछि बिहीबार राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्