नेपाल ‘ए’ लाई आयरल्यान्ड ‘ए’ ले दियो १७५ रनको लक्ष्य


काठमाडौं ।

आयरल्यान्ड ‘ए’ ले एकदिवसीय शृंखलाको दोस्रो खेलमा नेपाल ‘ए’ सामू १७५ रनको लक्ष्य दिएको छ । त्रिभुवन विश्वविधालय, कीर्तिपुरस्थित क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ ले ३८.४ ओभरमा सबै विकेट गुमाउँदै १७४ रन जोडन सफल भएको हो ।

आयरल्यान्डका लागि गाभिन होएले ५९ बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५० रनको योगदान गरेका छन । साथै, कप्तान निल रकले ४५, लियम म्याकार्थीले ३५ र पिटर मोरले १७ रन बनाएर मैदानमा उपस्थिति देखाएका थिए ।

नेपालका लागि रिजन ढकाल र साहब आलमले समान तीन, श्याम ढकाल (मौसम) ले दुई तथा कमलसिंह ऐरीले एक विकेट लिए । नेपाल यो खेल जित्दै शृंखला बराबरी गर्न चाहन्छ । यदी पराजित भए नेपालले शृंखला पनि गुमाउने छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।