एम्बाप्पेको गोलमा पिएसजी फ्रेन्च कपको फाइनलमा

846
Shares

काठमाडौं ।

पिएसजी फ्रेन्च कपको फाइनलमा पुगेको छ। गए राति सम्पन्न फ्रेन्च कपको सेमिफाइनलमा पिएसजीले रेन्नेजलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो।

पिएसजीको जितमा खेलको ४०औँ मिनेटमा किलीयन एम्बाप्पेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। अब पिएसजीले फाइनलमा आगामी मे २५ मा लियोनको सामना गर्ने छ।