पन्थीको उकालो चढ्दैछ पिरती



गुल्मी ।

लोकदोहोरी गायक बावुराम पन्थीको उकालो चढ्दैछ पिरती बोलको गीत सर्वाजनिक भएको छ। गायकसँगै गीतकार पनि रहेका उनले यसपटकको गीतमा स्वरमात्र दिएका छन्।

प्रल्हाद सुवेदीको शब्द रहेको गीतमा वसन्त थापाको लय रहेको छ। गीतमा गायक पन्थीलाई गायनमा सुनिता बुढाक्षेत्रीले साथ दिएकी छन्। गीतमा वैंश ओरालो झर्दै गरेका र पिरती उकालो चढ्दै गरेका शब्द भाव छन्।

माया प्रेममा आधारित गीत पछिल्लो पिडीका युवायुवतीलाई मध्यनजर राखेर तयार पारिएको छ।

प्रतिक्रिया दिनुहोस्