कैलाली लिगको उपाधि आलिताललाई



बैतडी ।

धनगढीमा सम्पन्न दोस्रो संस्करणको कैलाली प्रिमियर लिग अन्तरपालिका टि–२० क्रिकेट प्रतियोगिताको उपाधि आलिताल गाउँपालिकाले जितेको छ।

शनिबार सम्पन्न फाइनल भिडन्तमा दुबै टोली डँडेलधुरा थियो। आलितालले परशुराम नगरपालिकामाथि १ विकेटको रोमाञ्चक जित निकालेको थियो। योसँगै आलितालले उपाधिको पनि रक्षा गर्न सफल भएको थियो । आलितालले २ लाख र परशुरामले १ लाख नगद पुरस्कार प्राप्त गरेका थिए।

परशुरामले जितको लागि १ सय ११ रनको लक्ष्य दिएको थियो। जवाफमा आलितालले १८.१ ओभरमा ९ विकेटको क्षतिमा पुरा गरेको थियो। टोलीका लागि दिलबहादुर बोहराले ३० रन बनाए भने राजु रिजालले २२ रनको योगदान दिएका थिए । परशुरामका महेन्द्र धामीले ३ र कृष्ण विष्टले २ विकेट लिए।

त्यसअघि फाप्ला क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको परशुराम १ सय ७ रनमा समेटिएको थियो। टोलीका लागि यश कठायतले सर्वाधिक ३२ रन जोडे।

यस्तै मान साउदले २१ रन बनाएका थिए। अन्यले भने राम्ररी खेल्न सकेनन्। बलिङमा आलितालका हिक्मत महरा र निरज ऐरले ३/३ विकेट लिएका थिए ।

प्रतियोगितामा आलितालका हिक्मत म्यान अफ द फाइनल चुनिए। आलितालकै दिलबहादुर म्यान अफ द सिरिज, परशुरामका राज बिक उत्कृष्ट ब्याटर, कृष्ण विष्ट उत्कृष्ट बलर र परशुरामकै अर्जुन बिक उदयीमान खेलाडी घोषित भएका थिए।

प्रतिक्रिया दिनुहोस्