आमा दौड सम्पन्न



काठमाडौ ।

कीर्तिपुर नगरपालिका र एन.आर.एस स्पोर्टस फाउन्डेशनको सहकार्यमा शनिवार कीर्तिपुरमा आमा दौड सम्पन्न भएको छ। ३ किलोमीटर उक्त दौडमा करिब ७ सय धावकहरु सहभागी भएको आयोजकले बतायो।

कीर्तिपुर नयाँबजारबाट सुरु गरिएको उक्त दौड लायकु दरबारमा गएर सम्पन्न भएको थियो। उक्त कार्यक्रमको सुरुवात कीर्तिपुर नगरपालिकाको उपमेयर शुभलक्ष्मी शाक्यको स्वागत मन्तव्यबाट भएको थियो। कार्यक्रममा कीर्तिपुर नगरपालिकाका सबै वडा अध्यक्षहरु सहभागी भएका थिए।

दौड सकिएपछि योगाचार्य तथा नेपाल मेडिसिटि अस्पतालका डाक्टर संगम के.सी को मन्तव्यबाट कार्यक्रम सम्पन्न गरिएको थियो।

उक्त कार्यक्रममा उपमेयर शाक्यले तेक्वान्दो खेलाडी आयुषा शाक्य, राधा श्रेष्ठ, नमिता बज्राचार्य तथा पौडी खेलाडी नयना शाक्यकी आमा शोनाम डोल्मा शाक्यलाई प्रभावकारी महिलाबाट सम्मान गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्