भलिबल संघ र केल्मीबीच सम्झौता



काठमाडौं । 

नेपाल भलिबल संघ (एनभीए) र खेल सामग्री उत्पादक अन्तर्राष्ट्रिय कम्पनी केल्मीबीच नयाँ सम्झौता भएको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच नेपाल भलिबल संघले केल्मीसँग तीन वर्षको नयाँ सम्झौता गरेको हो।

सम्झौता अनुसार केल्मीले नेपालको राष्ट्रिय महिला तथा पुरुष भलिबल टोली र जुनियर गरी चार टोलीलाई जर्सी लगायत विभिन्न खेल सामाग्री उपलब्ध गराउने छ।

केल्मीले तीन वर्षमा करिब १ करोड रुपैयाँ बराबरको खेल सामाग्री संघलाई उपलब्ध गराउने बताइएको छ। सम्झौतापछि केल्मीले १ सय वटा नेट र ४ सय वटा बल संघलाई प्रदान गर्ने बताइएको छ।

उक्त खेल सामाग्री नेपालको भलिबल विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका क्लब, प्रदेश र जिल्लालाई प्रदान गरिने पनि संघले जनायो।

प्रतिक्रिया दिनुहोस्