म्युजिक खबर अवार्डको मनोनयन सार्वजनिक



काठमाडौं ।

एघारौं म्युजिक खबर म्युजिक अवार्डअन्तर्गतको उत्कष्ट पाँचको मनोनयन सूची सार्वजनिक गरिएको छ। अवार्डअन्र्तगत उत्कृष्ट पाँचभित्र पर्न सफल संगीतकर्मी र गीतको मनोनयन सूची सार्वजनिक गरिएको हो।

अवार्ड ३९ विधामा हुनेछ। ११ वर्षदेखि निरन्तर आयोजना हु“दै आएको अवार्ड समारोहमा राष्ट्रिय भाव, पप, लोकदोहोरी, फिल्म र आधुनिक विधाका संगीतकर्मी, प्राविधिक र गीतका लागि अवार्ड प्रदान गरिने आयोजक सुमन बैरागीले जानकारी गराए।

म्युजिक खबरको प्रस्तुतिमा शुभकामना मिडिया सोलुसनले आयोजना गर्ने अवार्ड कार्यक्रम आगामी वैशाख अन्तिममा आयोजना गरिने जनाइएको छ। अवार्ड समारोहमा दीर्घ साधना सम्मान, दशकको सम्मान, युवाप्रतिभा सम्मान, बालप्रतिभा सम्मान र कला पत्रकारिता सम्मानसमेत प्रदान गरिने आयोजकले जानकारी गराएका छन्।

अवार्डको राष्ट्रिय भावको गीत विधामा डा.आशबहादुर तामाङ, बाबुराम श्रेष्ठ, पुरुषोत्तम सानु, उमेश लम्साल र डा. नवी अधिकारी, पप/लोकपप गीतकार विधामा मोहित मर्दन थापा, लेखु सहयात्री, विपिन आचार्य, पुरुषोत्तम सानु र श्याम महर्जन, पप/लोकपप संगीतकार विधामा सौगातजंग थापा, रमेशराज भट्टराई, वीपी वाग्ले, लेखु सहयात्री र विपिन आचार्य, पप/लोकपप गायकमा चेतन राई, रमेशराज भट्टराई, भद्र वली, नवीन के भट्टराई र सौगातजंग थापा, पप/लोकपप गायिकामा माण्डवी त्रिपाठी, एन्जिला रेग्मी, चाँदनी शाक्य, अस्मिता अधिकारी र सारिका घिमिरे मनोनयनमा परेका छन्।

त्यसै गरी लोकगीतमा रेजिना परियार, विरही कार्की, अन्जु श्रेष्ठ, राजु ढुंगेल र कल्पना काफ्ले, सांस्कृतिक गीतमा सागर गुरुङ र मीना बुढाथोकी, मौसम गुरुङ र पूर्णकला बिसी, रेशम निर्दोष र सुमन थापा मगर, विजय केसी र निशा केसी तथा देवीआले र हेमन्त आले, लोकदोहोरी नवप्रतिभामा विक्रान्त पोखरेल, रेनुका भट्टराई, सचिन भट्टराई, पिमसरा आले र सपना सुनाम, लोकदोहोरी मोडलमा विजय पुन, सागर लम्साल, सुमन परियार, गणेशमान घल, देवेन्द्र बब्लु, अन्जु सुनार, नारायणी खत्री, शिल्पा पोखरेल, सञ्चिता शाही र जुना गुरुङ, लोकदोहोरी भिडियो निर्देशकमा शंकर बिसी, मौसम हिमाली, दीप गुरुङ, काजिस श्रेष्ठ र दीपेन्द्र तिमिल्सिना, लोकदोहोरी संगीत संयोजकमा सुदीप सागर, सुनील परियार, चेतन गोतामे, डोलराज बाह्रघरे र धीरज पाल्पाली मनोनयनमा छन्।

त्यसै गरी शब्द लोकदोहोरीमा रमेश परियार, डीबी खड्का, निरोज भट्ट, लक्ष्मण परियार र रविन लामिछाने, लोकदोहोरी भाकामा विरही कार्की, विमल परियार, रमेश परियार, श्रीकृष्ण बम मल्ल र सरोज लामिछाने, लोकदोहोरी गायकमा सागर बिसी, विमल परियार, राजु गुरुङ, सरोज लामिछाने र सुमन परियार, लोकदोहोरी गायिकामा रुपा घर्ती मगर, सन्जु न्यौपाने, शशि पुन, अनिता चलाउने र प्रिति आले फिल्मी गीतकारमा शंकर अधिकारी घायल, मिलन कान्छा किराँती, बी. पाण्डे, हर्क साउद र राजनराज शिवाकोटी फिल्मी संगीतकारमा दीपक शर्मा, बाबुल गिरी, गोविन्दमधुर आचार्य, सुबास भुसाल र कालिप्रसाद बास्कोटा, पाश्र्वगायकमा युवराज चौलागाईं, राजनराज शिवाकोटी, बाबुल गिरी, डेभिड शंकर र शान्तिम कोइराल, पाश्र्वगायिकामा मिलन नेवार, सदिक्षा कट्टेल, सहिमा श्रेष्ठ, सत्यकला राई, सुनिता थेगिम, पप आधुनिक भिडियो निर्देशकमा देवेन्द्र पाण्डे, सुवास प्रधान, केशवराज भट्ट, बबिता श्रेष्ठ र विजय रुम्बा, पप आधुनिक भिडियो मोडलमा दिक्पाल कार्की, सागर लम्साल, विमल अधिकारी, पल शाह, अमन श्रेष्ठरश्मी श्रेष्ठ, अनीता गिरी, सरस्वती खत्री, सुप्रिमा भट्टराई र विना राउत, पप आधुनिक नवप्रतिभामा प्रचण्ड राई, विक्रान्त पोखरेल, विमला गुरुङ, पेम्बा लामा र सान्वी बिसी मनोनयनमा छन्।

त्यसै गरी युगल गायनमा गगन सरगम र अन्जु पन्त, युवराज चौलागाईं र अनुष्का पाठक, निमा शेर्पा र सुरक्षा सेन्चुरी, उदय सोताङ र मनिला सोताङ तथा पुष्पन प्रधान र अस्मिता अधिकारी, आधुनिक गीतकारमा दिग्गज द्यौराली, डि.आर, प्रबल विष्ट, महेश आचार्य र विपिन किरण, महिला गीतकारमा संचिता कर्माचार्य, देवी पराजुली, सिर्जना मञ्जरी, किस्ना आचार्य रोशनी र प्रिति कार्की आधुनिक संगीतकारमा सुरज कुमार थापा, कर्ण दास, सरोज कोइराला, निम संगीत र दिपकराज विश्वकर्मा, आधुनिक गायकमा कर्ण दास, यश कुमार, सुरज कुमार थापा, निशान भट्टराई र गोविन्द मधुर आचार्य, आधुनिक गायिकामा बबिना भट्टराई, मन्जु उपासना, संगीता राना प्रधान, समिक्षा अधिकारी र अन्जु पन्त मनोनयनमा परेका छन्।

प्रतिक्रिया दिनुहोस्