जेनिशाले ल्याइन् गाजल



काठमाडौं ।

गायिका जेनिशा गौतमले गाजल बोलको गीत भिडियोसहित सार्वजनिक गरेकी छिन्।

गीतमा जेनिसा गौतम र डिपी खनालको शब्द रचना तथा सुवास भुषालको संगीतमा उदय राज पौडेलको एरेन्जमेन्ट रहेको छ। गीतमा समलिंगी प्रेमको चित्रण गरिएको छ।

भिडियोमा गीतलाई निकै आकर्षक ढंगबाट प्रस्तुत गरिएको छ। उमेशबहादुर शाहको छायांकन, टेकेन्द्र शाहको सम्पादन र निर्देशन रहेको भिडियोमा प्रियना आचार्य र आभा थापालगायत कलाकारले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्