भिडियोमा ठूलो झुट



काठमाडौं ।

गायक गायिका अजय अधिकारी सुशील र सदीक्षा भूर्तेलको स्वरमा नयाँ गीत ठूलो झुट हालै आइसक्रिम इन्टरटेन्मेन्ट युट्युबाट सार्वजनिक गरिएको छ। गीतमा गायक अधिकारीकै शब्द र संगीत छ।

गीतको भिडियोमा एक सानो परिवारका श्रीमान श्रीमतीले परिवारको हितका लागि एकअर्कास“ग झुट बोलिरहेको कथा छ। बिहान घरबाट सजिएर कुनै कार्यालयमा जाने पति पत्नी भने गिट्टी कुट्ने र होटलमा काम गर्छन्। तर, वास्तविक काम एक अर्कालाई थाहा हुँदैन ।

शान थापाद्वारा निर्देशित भिडियोमा सुशीला थापा, विकास लामिछाने, अनु खत्री र शिभान्या सुवेदीले गीत सुहाउ“दो अभिनय गरेका छन् । गीतमा अर्जुन तिवारीको छायांकन निर्देशन र बुद्ध थापाको छायांकन छ।

प्रतिक्रिया दिनुहोस्