कति छ आज सुनको मूल्य ?



काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्य आज घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला एक हजार तीन सय रुपैयाँले घटेको हो।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख २७ हजार आठ सय रुपैयामा कारोबार भएको थियो। आज प्रतितोला एक लाख २६ हजार पाँच सय मूल्य कायम गरिएको छ।

यस्तै तेजाबी सुन बिहीबार प्रतितोला एक लाख २७ हजार दुई सयरुपैयाँमा कारोबार भएकोमा आज एक लाख २५ हजार नौ सय रुपैयाँ मूल्य कायम गरिएको हो।

चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला एक हजार पाँच सय ५५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार पाँच सय रुपैयाँ कायम गरिएको छ।

प्रतिक्रिया दिनुहोस्