विश्वकप छनोटमा बहराइनसँग भिड्दै नेपाल



काठमाडौं ।

फिफा विश्वकप-२०२६ छनोटको दोस्रो चरणमा आज नेपाल बहराइनसँग भिड्दै छ। नेपाल र बहराइनबीचको खेल बहराइन राष्ट्रिय रंगशालामा आज राति १२:४५ बजेदेखि सुरु हुनेछ।

यो खेल नेपालमै हुने तालिका रहेपनि दशरथ रंगशालाको मैदान खराब भएपछि एसियाली फुटबल महासंघले खेल सञ्चालन हुन नसक्ने निर्णय गरेको थियो। पहिलो चरणमा लाओसलाई समग्रमा १-० ले हराउँदै दोस्रो चरणमा स्थान बनाएको नेपाल समूह ‘एच’ मा छ। यो समूहमा नेपालसँगै बहराइन, यमन र युनाइटेड अरब इमिरेट्स (यूएई) छन्।

दोस्रो चरणमा दुई खेल खेलिसके पनि नेपाल अझै अंकविहीन छ। नेपाल पहिलो खेलमा यूएईसँग ४-० गोल र दोस्रो खेलमा यमनसँग २-० गोलले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्